सिन्धुली

नेपालका प्रभावशाली चार कोइराला प्रधानमन्त्री मात्रिका प्रसाद, बिपी, गिरिजा प्रसाद र सुशीलको पुर्ख्यौलीथलो हो सिन्धुलीको दुम्जा । "/>

चार प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा बल्ल बल्यो विजुली

चार प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा बल्ल बल्यो विजुली

केन्द्रबिन्दु
0
Shares

सिन्धुली

नेपालका प्रभावशाली चार कोइराला प्रधानमन्त्री मात्रिका प्रसाद, बिपी, गिरिजा प्रसाद र सुशीलको पुर्ख्यौलीथलो हो सिन्धुलीको दुम्जा । एकै परिवारका उनीहरु यहाँ जन्मिए पनि पछि अन्यत्र बसार्इं सरेका हुन् ।

‘चार कोइराला प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा विकास पक्कै होला ’ भनेर दुम्जाबासी दशकौं सम्म मौन रहे । राणा शासनदेखि नै प्रधानमन्त्री बनेको कोइराला परिवारको जन्मथलो एक बिम्व बनिसक्यो ।

हरेक कार्यक्रममा स्थानीय नेताको गुनासो हुन्थ्यो, ‘चार–चार जना प्रधानमन्त्री जन्माउने यो ठाउँ किन अँध्यारो छ ?’ यो प्रश्नको जवाफ अब उनीहरु आफैँले सल्ट्याएका छन् । उनै कोइराला प्रधानमन्त्रीको पुर्ख्यौलीथलो दुम्जा अब स्थानीयकै सक्रियतामा उज्यालो बनेको छ ।

दशकौंदेखि बिजुली नआएको दुम्जामा हालै स्थानीय सरकारको सहायतामा गाउँलेले पहिलो पटक बिजुली बालेका छन् । सुनकोसी गाउँपालिका–२ दुम्जामा बुधबारबाट बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएर बत्ती बालिएको हो । सुनकोसी गाउँपालिकाबाट ५० लाख रुपैयाँ बजेट पाएपछि गाउँपालिका र नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाको पहलमा विद्युत सेवा विस्तार गरी बुधबार विद्युत सेवा सञ्चालन गरिएको हो ।

प्रदेशसभा सदस्य लेखनाथ दाहालले एक कार्यक्रमबीच बुधबार ट्रान्समिटरको स्वीच अन गरेर सुभारम्भ गरेपछि स्थानीय खुसीले नाचेका थिए । यस प्रसारणबाट दुम्जाको मझुवा, साँदी, आदाबाटेका ५७ घर भन्दा बढी प्रभावित छन् । खुर्कोटबाट बिपी राजमार्ग हुँदै दुम्जाको आँपघारीसम्म तानिएको केन्द्रीय प्रसारण लाइनबाट सो बत्ती बालिएको नेपाल विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख खिलनाथ अर्यालले जानकारी दिए ।

‘नेपालका पूर्वप्रधानमन्त्रीहरुको पुर्ख्यौलीथलोमा विद्युत सेवा सुरु गरिए पनि दुम्जाको बजार क्षेत्र बोकेढिकुरा, गजुलीदह, नेपालथोक, आँपघारी लगायत गाउँ क्षेत्रका गिद्धे, नयाँघर, भञ्ज्याङ्ग, पानीपोखरी, माझथोक, उपल्लाथोक, सिमलचौर लगायत क्षेत्रमा चाहिँ बिजुली बलेको छैन ।
अन्नपूर्णबाट

Logo