एजेन्सी । दुबईको एक राजकुमारले चीनमा ४ लाख युआनको डिनर नै गरेका छन् । ६७ लाख ४९ हजार नेपाली रुपैयाँको डिनरको बिल तिरेका हुन् । प्रिन्सद्धारा तिरिएको डिनरको बिल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
चीनको संघाईस्थित रेस्टुरेन्टका मालिक सनले राजकुमारको नाम भने बताएनन् । उनले भने, ‘दुबईको एक राजकुमारले ७ चिनियाँ साथीहरुसँग डिनर गरेका थिए । डिनरमा कुल २० वटा डिस मगाएको थियो । तर यो बिल दुबईस्तरको हिसाबदेखि केही पनि होइन ।
सबैभन्दा महंगो परिकार
यस डिनरमा सबै भन्दा महंगो परिकार ‘वाइल्ड लार्ज येल्लो क्रोकर’ थियो । यसको मुल्य १ लाख १६ हजार ९ सय २० युआन अर्थात झण्डै २० लाख नेपाली रुपैयाँ थियो । बाँकी अडर गरेको डिसमा १६ हजार ८ सय युआनको क्रोकोडाइल टेल सुप, एबालोन (मोतीको सीप) देखि बनेको ब्यञ्जन जसको मुल्य १२ हजार ८ सय युआन प्रति प्लेट थियो ।
सूत्रहरुको अनुसार, प्रिन्सले ८ मानिसको लागि यो व्यञ्जन अडर गरेको थियो । यस बिलमा ड्राइबरको लागि खाना र सेवा फिस पनि सामिल छ । जसकोपछि कुल बिल ४ लाख १८ हजार २ सय ४५ युआन बन्यो । तर डिस्काउन्टपछि राजकुमारको ४ लाख युआन तिर्न पर्यो ।





























प्रतिक्रिया