डा. बालकृष्ण साह । बिदुर नगरपालिका, नुवाकोटका ४० बर्षिया सन्ध्या नेपाल चौथो पटक गर्भवती भईन् । पहिलो छोरी १७ वर्षकी भईसकेकी छिन् । "/>

भिडियो एक्स–रे, लिंग पहिचान र गर्भपतन

भिडियो एक्स–रे, लिंग पहिचान र गर्भपतन

केन्द्रबिन्दु
0
Shares

डा. बालकृष्ण साह । बिदुर नगरपालिका, नुवाकोटका ४० बर्षिया सन्ध्या नेपाल चौथो पटक गर्भवती भईन् । पहिलो छोरी १७ वर्षकी भईसकेकी छिन् । कान्छी छोरीको पालामा सिजरियन गरिएको पनि १० वर्ष भई सकेको छ ।

एक पटक त्रिशुलीमा र एक पटक काठमाडौंमा भिडियो एक्स रे गर्दा गर्भको बच्चा छोरा छ भनेकोले अत्ति सावधानिका साथ गर्भलाई सम्हालिन् । छोरा नै पाउने भएपछि घर, समाज सबै हर्षित थिए ।

पाको उमेर, चौथो बच्चा, पहिलेको सिजरियन र उच्च अपेक्षाको गर्भ भएकोले नुवाकोटमा नबसेर १ हप्ता भन्दा बढि काठमाडौंमा बसेको सो दम्पतीले प्रसुति गृहमा नै प्रसुति गराउने निर्णय ग¥यो । प्रसुति गृहमा शल्यक्रिया (सिजरियन) गरेर बच्चा देखाएपछि उनी झसंग भईन् । उनको यो बच्चा पनि छोरी नै थियो ।

लैगिंक विभेद तथा लैगिंक हिंसाका जति वकालत गरे पनि समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टि एउटै भईसकेको छैन । पछिल्लो समयमा गर्भको बच्चाको लिंग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ ।

गरिब, निमुखा तथा कमजोर बर्गका लागि यो नौलो भए पनि धनी र बौद्धिक वर्गका लागि यो सामान्य भई सकेको छ । नेपालमा नै भिडियो एक्स रे गरेर लिंग पहिचान गर्न सकिने र गर्भपतन गर्न भएपछि पछिल्लो समयमा भारतको सिलगढी, पुर्णिया, पटना, तथा गोरखपुर जाने क्रम पनि घटेको छ ।

हाम्रो देशमा क्रोमोजोमको अध्ययनबाट गर्भको लिंग पहिचान गरेको नपाईए पनि भिडियो एक्स रे बाट लिंग पहिचान गरेका उदाहरणहरु प्रसस्त पाईन्छ । रेडियोलोजिष्ट डा. हरी किसोर श्रेष्ठ बताउँछन्, ‘गर्भमा रहेको बच्चाको लिंग पहिचान गर्नु गैरकानूनी मात्र होईन, अनैतिक पनि हो ।’ पन्ध्र हप्ता अर्थात साढे तीन महिनाको गर्भको लिंग पुर्ण रुपले वा सतप्रतिसत छुट्याउन सकिने हुन्छ ।

पहिलेको २ डी मेसिनबाट कुनै कुनै अवस्थामा महिलाको लाबिया मेजोरा र पुरुषको स्र्काेटम् उस्ताउस्तै देखिने भएकोले गडबडि हुने गरेको भएपनि अहिलेका आधुनिक तथा ४ डी मेसिनहरुबाट त्यस्तो नहुने डा. श्रेष्ठको तर्क छ । लिंग पहिचानले गर्भवती महिला तथा परिवारलाई मानसिक तनाव दिन सक्ने भएकोले बच्चाको गडबडीको बारेमा उल्लेख गरे पनि ‘लिंग’ भन्न नहुने उनको तर्क थियो ।

नेपालमा २ हजार देखि ५ हजार सम्म शुल्क लिएर लिंग पहिचान गर्ने गरेको तथ्यलाई स्वीकार गरे पनि आफुबाट त्यस्तो नभएको र भविष्यमा पनि नहुने प्रतिब्धता डा.श्रेष्ठले जाहेर गरे ।

गर्भवतीहरुलाई पटक पटक भिडियो एक्सरे अर्थात अल्ट्रासाउण्ड गर्नु पर्ने हुन्छ । समान्यतया गर्भ रहेको पहिलो तीन महिनाभित्र नै पनि एउटा भिडियो एक्सरे गरिन्छ । यसले गर्भ पाठेघर भित्र नै रहेको हो या होईन मात्र बताउँदैन पछि गएर समयमा नै प्रशव भएन भने कति दिन पर्खने निर्णय बनाउन पनि मद्दत गर्ने हुन्छ ।

गर्भ रहेको पत्ता लगाउन, गर्भको अवधी तथा कति वटा बच्चा (एक्लो, जुम्ल्याह) रहेको हो थाहा पाउन पनि अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ । बच्चाको वृद्धि, सालनालको अवस्था र रहेको ठाउ पत्ता लगाउन, गर्भमा रहेको पानी (एम्नोटिम फ्लुड) को मापन गर्न पनि यसले मद्दत गर्छ ।

गर्भमा नै बच्चामा रहेको अपांगता वा असक्तता पत्ता लगाउन भिडियो एक्स रे ले मद्दत गर्ने हुन्छ । आमा, बच्चा र प्रसब गराउने चिकित्सकको लागि पनि भिडियो एक्स रे महत्वपुर्ण मानिन्छ । प्रशुति गृहका प्रसुति रोग विशेषज्ञ तथा एसोसिएट प्रोफेसर डा.मधु श्रेष्ठ बताउँछन् । ‘गर्भावस्थामा चाहिएको अवस्थामा भिडियो एक्स रे गर्नुपर्छ । भिडियो एक्स रे नगर्नु भनेको एउटा जोखिम लिनु हो ।’

गर्भको बच्चाको अवस्था मात्र देखाउने नभई गर्भको व्यवस्थापन तथा उपयुक्त र उत्तम सेवा दिनको लागि गर्भवती महिलाको भिडियो एक्स रे गर्नु पर्नेमा दुईमत नरहेको अर्का स्त्रीरोग तथा प्रसुति विशेषज्ञ तथा नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा.किरण रेग्मीको तर्क छ ।

चिकित्सक स्वयमले आफ्नो दायित्व कहिले विर्सनु नहुने तथा वैज्ञानिक उपलब्धीहरुको दुरुपयो गर्न नहुने डा.रेग्मीले बताए । नेपालमा १२ हप्तासम्मको जुनसुकै गर्भ सुचिकृत संस्थामा गर्भपतन गराउन पाउने अधिकार गर्भवती महिलामा रहे पनि लिंग पहिचान गरेर गर्भपतन गराउन नपाउने स्पष्ट कानुन रहेको छ । तर यसका विपरित लिंग पहिचान गरेर गर्भपतन गराउने केहि चिकित्सकको नाममा नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ ।

ती उजुरीहरु माथि अनुसन्धान भई रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । तर लिंग पहिचान गराउन तथा गर्भपतन गराउन किन बाध्य छन् नेपालीहरु ? यस तर्फ कसैले सोच्न सकेको छैन ।

छोरी नचाहेको अवस्थामा छोरी जन्माउनु पर्दा सुत्केरी आमाले भोगेका सामाजिक तथा मानसिक पिडा र उनका ती अबोध बालिका माथि गरिने र्दुब्यवहारलाई कसरी हटाउने ? यसको सामाधान नगर्ने हो भने यस्ता गर्भपतन रोक्न सकिएला त ? गर्भमा रहेको सन्तानको अधिकार सुनिश्चित गर्न गर्भपतनमा रोक लगाएर मात्र पुग्छ कि पुग्दैन ? नेपालका योग्य एवं दक्ष चिकित्सकहरुले यो सेवा नदिए भारतमा रहेका अनाधृक केन्द्रहरुमा तथा हाम्रै मुलुकका असुरक्षित स्थानहरुमा नेपाली दम्पतीहरु नलुटिने ग्यारेन्टी कसरी गर्ने ? सबभन्दा महत्वपुर्ण तथ्य त छोरी जति सबै गर्भपतन गर्दै जाने हो भने सामाजिक सन्तुलन कसरी कायम रहला ? यस्ता धेरै प्रश्नहरु हामीमाझ रहेको छ । यसप्रति सबै बर्ग सचेत र गम्भिर हुन आवश्यक छ ।

Skip This
Skip This
Logo