काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा बानेश्वरले टोलटोलमा प्रहरी अभियान २०७५ सञ्चालनमा ल्याएको छ । "/>

प्रहरीले सञ्चालन गरेको टोलटोलमा प्रहरी अभियानमा एलिजा गिरी (भिडियोमा)

प्रहरीले सञ्चालन गरेको टोलटोलमा प्रहरी अभियानमा एलिजा गिरी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा बानेश्वरले टोलटोलमा प्रहरी अभियान २०७५ सञ्चालनमा ल्याएको छ ।

चाडपर्वको अवसरमा मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, जुवा, तास, कौडा खेल्ने कार्यलाई निरुत्साहित गर्न प्रहरीले अभियानलाई सुचारु गरेको हो ।

यो अभियान अन्र्तगत प्रहरीले सार्वजनिक स्थानमा बसी मादक पदार्थ तथा धुम्रपान सेवन नगर्न, कसैको घर वा घर नजिक कुनै शंकास्पद व्यक्ति अथवा बस्तु देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।

त्यस्तै कुनै जानकारी भए प्रहरीको हटलाईन १०० मा खबर गर्न सबैमा अपिल गरेको छ । यसको सुरुवात बुधबारदेखि गरिएको छ ।

Logo