समय सुहाउँदो जीवनोपयोगी र व्यवहारिक शिक्षाको अग्रणी गन्तव्य, केएमसी बागबजार

समय सुहाउँदो जीवनोपयोगी र व्यवहारिक शिक्षाको अग्रणी गन्तव्य, केएमसी बागबजार

केन्द्रबिन्दु
528
Shares

काठमाडौं । काठमाडौं मोडल कलेज केएमसी, विद्यार्थीहरुलाई समय सुहाउँदो जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा दिने एक अग्रणी शैक्षिक संस्था हो । दुई दशक लामोसमयदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिँदै आएको केएमसीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन गराउँदै आएको छ ।

काठमाडौंको बागबजारमा अवस्थित केएमसीमा स्नातकमा भने बीबीए, बीबीएम, बीबीएस, बीसिए र बीएसडब्ल्यूतर्फ तर्फ साइकोलोजी, सोसल वर्क, र इंगिलिसको पढाइ हुँदै आएको छ । विद्यार्थीलाई पुरातन शैलीमा अध्यापन नगराएर नविनतम ढंगमा व्यसायिकतामा जोड दिनु केएमसी बागबजारको कला हो । विश्वविद्यालयको प्रवेश परीक्षामा केएमसीका विद्यार्थीले पाएको निरन्तर सफलताले यसलाई गुणस्तरीय संस्थाका रूपमा स्थापित गरेको छ ।

विश्वविद्यालयको प्रवेश परीक्षामा केएमसीका विद्यार्थीले पाएको निरन्तर सफलताले यसलाई गुणस्तरीय संस्थाका रूपमा स्थापित गरेको छ ।

विश्वबजारमा प्रतिस्पर्धी एवम् हरेक स्थानमा उत्कृष्ट बन्नका लागि केएमसीले हरसम्भव विद्यार्थी केन्द्रित नै भएर अध्ययन अध्यापन गराउँदै आएको छ ।

कलेजका प्रिन्सिपल डा. नगेन्द्र अर्याल भन्छन्, ‘केएमसीले आफ्ना विद्यार्थीहरुको भविष्य उज्यालो बनाउनको लागि हरतरह चिन्तन गरिरहेको हुन्छ र त्यसअनुसार आफ्नो कर्तव्य पुरा गरिरहेको छ। तसर्थ यदि तपाईहरुले विज्ञान तर्फ व्यवस्थापन तर्फ र कानुन तर्फ आफ्ना बाल–बच्चाहरुलाई राम्रो वातावरणमा अत्यन्त स्तरीय शिक्षा जसले भोलि आउँदा दिनहरुमा आफूले चाहेको फिल्डमा पढ्नको निम्ति जुन ढोका हुन्छ, त्यो ढोका सजिलैसँग उघार्ने गरी अध्ययन–अध्यापन गराइने केएमसी प्लस टू बागबजारमा निर्धक्कसँग आफ्ना छोरा–छोरीहरुलाई पठन पाठन गराउन सक्नुहुन्छ ।’

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो ।

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो । अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल केएमसीले विद्यार्थीको व्यक्तित्व विकासका लागि विभिन्न एक्स्पो, स्पिकिंग जस्ता कार्यक्रमहरु पनि समावेश गरेको छ । अन्तरक्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने काठमाडौँ मोडलमा सुविधायुक्त छात्राबासका साथै उत्कृष्ट शिक्षण टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीले काठमाडौं मोडल रोज्छन्।

Logo