गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छः शिक्षामन्त्री पन्त

गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छः शिक्षामन्त्री पन्त

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताएका छन् ।

साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले आज रामहिटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उनले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएको स्मरण गरे। गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमा पनि मन्त्री पन्तको जोड थियो।

दक्षिण एसियाली क्षेत्रको कम्युनिष्ट आन्दोलनमा पनि गीतले प्रभाव पारेको बताउँदै उनले नेपालको माओवादी सशस्त्र द्वन्द्वमा पनि गीत सङ्गीत क्षेत्रको भूमिकाबारे समेत चर्चा गरे।

प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताए। आफू गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख भएका बेला धर्म, संस्कृति र साहित्यिक क्षेत्रको विकासका लागि काम गरेको उनले उल्लेख गरे।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, आयोजक संस्थाका अध्यक्ष हेमनाथ पौडेललगायतले नेपाली साहित्य एवं गीत सङ्गीत क्षेत्रमा रिमालको योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रममा यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको थियो ।

Skip This
Skip This
Logo