सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य, रिलायन्स इन्टरनेशनल एकेडेमी

सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य, रिलायन्स इन्टरनेशनल एकेडेमी

केन्द्रबिन्दु
285
Shares

काठमाडौं । काठमाडौंको चावहिलस्थित रिलायन्स इन्टरनेशनल एकेडेमी विगत २२ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा निरन्तर अगाडि बढ्दै आएको एक अग्रणी शैक्षिक संस्था हो । यो एकेडेमीले अहिलेसम्म ४२ वटा व्याचबाट १५,००० भन्दा बढी स्नातक उत्पादन गरिसकेको छ र प्लस टु तह अन्तर्गत विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ ।

रिलायन्सले विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनदक्षता, नैतिक मुल्य र चरित्र निर्माणमा आधारित शिक्षा प्रदान गर्छ । यहाँ शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप (इसीए), सहपाठ्यक्रम क्रियाकलाप (सीसीए) खेलकुद, जीवन सीप र नेतृत्व विकासमा पनि जोड दिइन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् ।

प्रतिभाशाली विद्यार्थीहरूलाई मेरिट र योग्यताको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ, जसले सबै वर्गका विद्यार्थीहरूलाई पहुँच र प्रोत्साहन दिन सहयोग पुर्‍याउँछ । विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिसहित भर्ना हुन सघाउन विशेष परामर्श सेवा र क्यालेन्डर अनुसारको शैक्षिक कार्यक्रम सञ्चालन गरिन्छ ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकीय समूह र पर्याप्त शैक्षिक सामग्रीले रिलायन्स सुशोभित छ ।

सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रिलायन्स इन्टरनेशनल कलेजले जेहेन्दार, पिछडिएको क्षेत्र, मेरिटको हिसावले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

एकेडेमीबाट स्नातक गरेका विद्यार्थीहरू आज बिबिसी सेवा, मेडिकल, सेना, बैंकिङ, बीमा, सामाजिक संस्था लगायत विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा कार्यरत छन् । यसले संस्थाको उद्देश्य स्पष्ट पार्छ—जसले शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्व बोकेको नागरिक उत्पादन गर्छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रिलायन्स इन्टरनेशनल कलेजले जेहेन्दार, पिछडिएको क्षेत्र, मेरिटको हिसावले छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यसैले त विद्यार्थी र अभिभावकका लागि यो उत्कृष्ट नमूना शैक्षिक गन्तव्य बन्नेमा दुई मत छैन ।

Skip This
Skip This
Logo