काठमाडौँ

दशैं अगावै मेलम्चीको पानी काठमाडौँ नआउने भएको छ । सरकारले दसैँ अगावै मेलम्चीको पानी सुन्दरीजल ल्याउने घोषणा गरेको थियो तर पानी ल्याउन सम्भव देखिएको छैन । "/>

यसकारण दशैं अघि काठमाडौं आउन सकेन मेलम्चीको पानी

यसकारण दशैं अघि काठमाडौं आउन सकेन मेलम्चीको पानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

दशैं अगावै मेलम्चीको पानी काठमाडौँ नआउने भएको छ । सरकारले दसैँ अगावै मेलम्चीको पानी सुन्दरीजल ल्याउने घोषणा गरेको थियो तर पानी ल्याउन सम्भव देखिएको छैन । निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा सरकारको घोषणा पूरा नहुने भएको हो । सुरुङ खनेर सम्पन्न भए पनि फिनिसिङको काममा ढिलाइ हुँदा दसैँ अगावै पानी ल्याउन नसकिने भएको हो ।

हालसम्म जम्मा १५.५ किलोमिटर सुरुङको फिनिसिङ भएको छ । ६० प्रतिशत सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हाल दैनिक १८० मिटरका दरले सुरुङ फिनिसिङको काम भइरहेको छ । यही गतिमा फिनिसिङको काम गरे एक महिनामा ५.५ किमी सम्पन्न हुुन्छ । फिनिसिङ सम्पन्न गर्न कम्तीमा २ महिना १५ दिन लाग्ने छ । जसका कारण दसैँ अगावै सम्भव नभएको हो ।

मेलम्ची खानेपानी विकास समिति, एडीबी र निर्माण कम्पनीबीच बुधबारको बैठक सम्पन्न भएको छ । बैठकमा निर्माण कम्पनीले २ महिनामा सम्पन्न गर्ने बताएको समितिका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए । निर्माण कम्पनीले अक्टोवर १५ सम्ममा काम सम्पन गर्ने बताउँदै आएको थियो ।
गोरखापत्रबाट

Logo