आधुनिक शिक्षा र उज्ज्वल भविष्यको आधार, मुनलाइट मावि

आधुनिक शिक्षा र उज्ज्वल भविष्यको आधार, मुनलाइट मावि

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । ललितपुरको कुमारीपाटीमा रहेको मुनलाईट माध्यमिक विद्यालय (मोलिस) गुणस्तरीय शिक्षाको एउटा उदाहरणीय केन्द्र हो ।

कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन र मानविकी संकायका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा यो शिक्षण संस्थाले २०६४ सालदेखि कक्षा ११ र १२ मा अध्यापन सुरु गरेको हो । ९७ प्रतिशत हाराहारीमा नजिजा ल्याउन सफल मोलिस आफूलाई निरन्तर सफल र अब्बल कोटीको शैक्षिक संस्थाका रुपमा उभ्याउन तल्लिन छ ।

मुलुकमै उत्कृष्ट शिक्षण संस्था बनाउने लक्ष्यसहित, मोलिसले शिक्षाको उज्यालो यात्रामा नयाँ आयाम थपिरहेको छ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सैद्दान्तिक शिक्षासँगै अतिरिक्त कृयाकलापलाई उत्तिकै महत्व दिएको मोलिस आधुनिक विज्ञान तथा सूचना प्रविधि प्रयोगशालासहित प्रविधिमैत्री कक्षा कोठा, छात्रावास, चमेना गृह तथा सहज यातायात सेवाले विद्यार्थीलाई खुशी वातावरणमा शैक्षिक कार्यक्रम उपलब्ध गराउन सफल छ ।

अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा दोस्रो स्थान र इकोनोमिक ओलम्पियाड कुइजमा पहिलो स्थान प्राप्त गर्नुले मोलिसमा अतिरिक्त क्रियाकलाप सशक्त छ भनेर प्रमाणित गर्छ ।

मोलिसमा कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थी आइओएम, आइओइ जस्ता प्रतिष्ठीत अध्ययन संस्थानमा हरेक वर्ष स्कलरसिप पाएर मेडिकल, इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । त्यसैगरी यस विद्यालयलले दुई पटकसम्म राष्ट्रिय परीक्षा बोर्ड टप गरेको छ । अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा दोस्रो स्थान र इकोनोमिक ओलम्पियाड कुइजमा पहिलो स्थान प्राप्त गर्नुले मोलिसमा अतिरिक्त क्रियाकलाप सशक्त छ भनेर प्रमाणित गर्छ ।

विश्व बजारको माग र परिवर्तित प्रविधि र युग अनुसारको शिक्षा प्रदान गर्न विद्यालयले प्रत्येक वर्ष शिक्षकलाई विभिन्न कार्यशाला तालिममा सहभागी गराउँदै आएको छ । मुलुकमै उत्कृष्ट शिक्षण संस्था बनाउने लक्ष्यसहित, मोलिसले शिक्षाको उज्यालो यात्रामा नयाँ आयाम थपिरहेको छ।

Skip This
Skip This
Logo