काभ्रे ।
काभ्रेमा आज ५८ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ५० जना निको भएका छन् । आज एक जनाको मृत्यु भएको छ । आइतबार ३ जना थपिएका थिए । शनिबार २६ जना थपिएका थिए । यस्तै शुक्रबार ३६ जना थपिएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ४२१ पुगेको छ । संक्रमित मध्ये १ हजार ९७१ जना निको भएका छन् । जिल्लामा ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये बनेपाका २२, धुलिखेलका ९, पनौतीका १३, पाँचखालका ५, नमोबुद्धका २, तेमालका २, रोशीका १, बेथानचोकका ३ र चौरीदेउरालीका १ जना रहेका छन् । आज चौरीदेउरालीका ७० वर्षिय पुरुषको मृत्यु भएको छ । अब जिल्लामा ४१५ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आज १ हजार ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८३ हजार ८२५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ५२३ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ३८७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ३ हजार ७३५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ । आज १ हजार ९८० जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ४३ छ ।
आजको पिसिआर परीक्षण १० हजार ३८१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ७० हजार ४५६ रहेको छ । आज १८ हजार ८८४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया