राजविराज
एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालय देखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकार सामु थरीथरीका प्रमाण पुर्याउनु पर्ने कानुनी प्रावधान छ । सप्तरीमा भने नेपाली नागरिकता जो सुकैले पनि सहजै पाउँछन् । चाहे त्यो विदेशी नागरिक नै किन नहोस् ।
विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो । गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजार देखि दुई लाख रुपैयाँ सम्म निर्धारण गरेको छ । नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले बतायो ।
नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् । केही दिन अघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘रौनियारले ५० हजार अग्रिम र १० हजार नागरिकता लिइसकेपछि बुझाएको बयान दिएका छन् । रौनियारलाई किर्ते नागरिकता बनाउन सघाएको आरोपमा एक नेपाली समेत पक्राउ परेका छन् ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।
रौनियारलाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरी अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरीलाई बुझाएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया