काठमाडाैं । आजको युग प्रतिस्पर्धा, प्रविधि र परिवर्तनको युग हो । यस्तो समयमा केवल किताबी ज्ञानले मात्र विद्यार्थीलाई उज्ज्वल भविष्य दिन सकिँदैन ।
व्यक्तित्वको समग्र विकास, व्यवहारिक सीपको अभ्यास र आत्मशक्तिको खोजले मात्र एउटा सफल नागरिक उत्पादन गर्न सकिन्छ भन्ने कुराको राम्रो हेक्का राखेको शिक्षण संस्था हो, इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट अर्थात् आइएसटी । शिक्षा केवल प्रमाणपत्र प्राप्तिमात्रै होइन, जीवनको सार बुझाउने यात्रा पनि हो भन्ने कुरालाई आइएसटीले विशेष ध्यानमा राखेको छ ।
शिक्षा उद्देश्य मात्र होइन, मिशन पनि हो, विद्यार्थीलाई केवल दक्ष होइन, जिम्मेवार, आत्मनिर्भर र जीवनप्रेमी पनि बनाउनु पर्छ भन्ने मान्यता बोकेको शिक्षण संस्था हो आइएसटी ।
जीपीए र इन्ट्रान्स परीक्षाको प्रदर्शनका आधारमा दिइने मेरिट बेस्ड स्कलरसिप प्रणाली पूर्णतः पारदर्शी र निष्पक्ष छ।
काठमाडौंको ज्ञानेश्वरमा रहेको आईएसटी कलेज हस्पिटालिटी एजुकेसनको क्षेत्रमा सफलताको शिखरमा पुगेको कलेज हो । यस कलेजले उत्पादन गरेको जनशक्तिले अहिले देशभित्र मात्र हैन बाहिर पनि केही कम्पनी र अर्गनाइजेसनको नेतृत्व गरिरहेका छन् । आइएसटीमा छात्रवृत्तिलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको छ । जीपीए र इन्ट्रान्स परीक्षाको प्रदर्शनका आधारमा दिइने मेरिट बेस्ड स्कलरसिप प्रणाली पूर्णतः पारदर्शी र निष्पक्ष छ।
कक्षा ११ र १२ मा होटल म्यानेजमेनट र टुरिजममा अध्यापन गराउने आइएसटीले माध्यमिक तहको यो खुड्किलो सफल जीवनको आधार हो भन्ने कुराको राम्रै हेक्का राखेको छ । सन् २००४ मा स्थापना भएको यो कलेज होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रको अध्ययनका लागि निर्विकल्प शैक्षिक संस्था बनिरहेको छ ।































प्रतिक्रिया