गुणस्तरीय शिक्षाको पर्याय र राष्ट्रिय सफलताको प्रतीक, सेन्ट जेभियर्स

गुणस्तरीय शिक्षाको पर्याय र राष्ट्रिय सफलताको प्रतीक, सेन्ट जेभियर्स

केन्द्रबिन्दु
24
Shares

काठमाडौंको माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेजले विगत ३७ वर्षदेखि शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । सात दशकअघिदेखि विद्यालयस्तरको अध्यापन सुरु गरेको यो शैक्षिक संस्थाले हरतरहबाट ‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्य राखेको छ ।

गुणस्तरीय शिक्षा अबको आवश्यकता भन्ने बुझाईका साथ आफ्नो शैक्षिक क्यालेन्डरलाई परिमार्जन गर्दै उत्कृष्ट बनाएको यो संस्थाले कक्षा ११ मा विज्ञान संकायमा मात्र अध्यापन गराउँदै आएको छ । सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना गर्छ । विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स। मेहनती र अनुशासित विद्यार्थी तथा अब्बल शिक्षकहरुको लगनशीलताकै कारण सेन्ट जेभियर्सलै शैक्षिक नतिजा पनि शतप्रतिशत दिन सफल छ ।

सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना गर्छ ।

बौद्धिक, आध्यात्मिक र सामाजिक रूपमा सक्षम जनशक्तिको विकास गर्दै आफूलाई सफल नागरिक बनाउन यस संस्थाले हरेक विद्यार्थीलाई पहिलो दिनदेखि नै मेहेनत गर्ने गरेको छ । शैक्षिक उत्कृष्टता, नैतिक अखण्डता, आध्यात्मिक बुद्धिमता, सामाजिक तथा वातावरणीय उत्तरदायित्व र भावनात्मक स्वास्थ्यलाई आत्मसात गर्ने वैश्विक नागरिकहरूको निर्माण गर्न यो शैक्षिक संस्था प्रतिवद्ध छ ।

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा विशेष ध्यान दिनुले पनि विद्यार्थीलाई सेन्ट जेभियर्समा लोभ्याएको देखिन्छ । सौहार्दपूर्ण वातावरणमा जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली सेन्ट जेभियर्सको विशेषता नै हो ।

Skip This
Skip This
Logo