अछाम
वृद्धभत्ता बुझेर घर फर्किदै गरेकी अछाम साँफेबगरकी जसु भुललाई नाति पर्ने राजन भुलले कुटेका छन् । उनले पैसा लुट्ने उद्देश्यका साथ कुटेका हुन् ।
घरमा गएर वृद्धा भुललाई मरणासन्न हुने गरी कुटेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । कुटपिटपछि ९० वर्षीया वृद्धलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको उनले बताए ।
रडले हानेको हुनाले वृद्धाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालका चिकित्सा शिक्षा निर्देशक विकास गौचनले बताए । उनको टाउकोमा आठ टाँका लगाइएको छ ।
पक्राउ परेका १५ वर्षीया राजनले वृद्धभत्ता ल्याएको थाहा पाएपछि कुटे पनि पैसा नभेटेपछि फर्किएको स्वीकार गरेका छन् । एक महिना अघि उनले सोही घरबाट ११ हजार चोरेका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया