पीएसजीले बायर्नलाई हरायो, अब रियलसँग भिड्ने

पीएसजीले बायर्नलाई हरायो, अब रियलसँग भिड्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । पेरिस सेन्ट-जर्मेन (पीएसजी) फिफा क्लब विश्वकपमा बायर्न म्युनिखलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पीएसजीले दुई गोल गर्दै जित सुनिश्चित गर्यो।

पीएसजीका लागि खेलको ७८औं मिनेटमा डेसिरे डुईले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि, इन्जुरी समयमा ओस्माने डेम्बेलेले अर्को गोल थप्दै पीएसजीको जितलाई २-० ले पक्का गरे।

सेमिफाइनलमा अब पीएसजीले रियल म्याड्रिडसँग खेल्ने भएको छ । रियलले क्वार्टरफाइनल खेलमा डर्टमन्डलाई ३-२ गोलले पराजित गरेको थियो ।

Skip This
Skip This
Logo