युरोपियन च्याम्पियन इङ्गल्याण्डलाई फ्रान्सले हरायो

युरोपियन च्याम्पियन इङ्गल्याण्डलाई फ्रान्सले हरायो

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । युरोपियन च्याम्पियन इङ्गल्याण्डले उपाधि रक्षा अभियानमा कमजोर सुरुवात गरेकाे छ।

समूह ‘डी’ को ‘हेभिवेट’ भिडन्तमा फ्रान्ससँग इङ्गल्याण्ड २-१ गोल अन्तरले पराजित भएको हो। खेलको ३६ औं मिनेटमा मारी-एन्टोइनेट काटोतोले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएकी थिइन्। त्यसको केही समयपछि नै ३९ औं मिनेटमा स्यान्डी बाल्टिमोरले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारिन्।

इङ्गल्याण्डका लागि ८७ औं मिनेटमा केइरा वाल्शले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन।

यो जितसँगै फ्रान्सले प्रतियोगितामा महत्त्वपूर्ण तीन अंक जोडेको छ। इङ्गल्याण्डलाई भने आफ्नो अर्को खेलमा सुधारिएको प्रदर्शन गर्नुपर्ने चुनौती थपिएको छ।

Skip This
Skip This
Logo