सीपमूलक शिक्षा र विश्व बजारमा अब्बल जनशक्ति उत्पादन गर्दै पिनाकल एकेडेमी

सीपमूलक शिक्षा र विश्व बजारमा अब्बल जनशक्ति उत्पादन गर्दै पिनाकल एकेडेमी

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नयाँ विचारलाई प्रवद्र्धन गर्दै असाधारण व्यावसायिक दक्षतासहितको दीर्घकालीन ज्ञानको विकास गर्ने उद्धेश्यसहित अगाडी बढेको शैक्षिक संस्था पनि हो, पिनाकल एकेडेमी ।

विद्यालय तह हुँदै स्नातक सम्म अध्यापन हुँदै आएको पिनाकलले सीपमूलक शिक्षा दिने उद्देश्यले डिप्लोमा इन फार्मेसी सिटीईभीटीबाट सम्बन्धन प्राप्त एवम् अन्य सीपमूलक कोर्षहरु सञ्चालनमा ल्याएको छ । विज्ञान र व्यवस्थापन संकायबाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको पिनाकलले अहिले मानविकी र कानुन संकायमा समेत पठनपाठन थालेको छ ।

फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल हरेक वर्ष प्रत्येक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ ।

पिनाकल एकेडेमी विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई अन्वेषण गर्ने र उद्यमशील बनाउँदै विश्व बजारमा अब्बल सावित गराउन उपयुक्त शैक्षिक संस्था सावित हुँदै आएको छ । फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल हरेक वर्ष प्रत्येक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । पुरातन शैलीभन्दा व्यवहारिक शिक्षामा जोड दिने यो कलेजले हरेक संकायमा सर्वोत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल छ । विश्व बजारमा आफूलाई अब्बल प्रमाणित गर्न सक्ने जनशक्ति उत्पादन गर्ने क्षमता राख्ने पिनाकलले अध्ययन अध्यापनमा मात्र नभएर पाठ्यक्रमसंग सम्बन्धीत प्रयोगात्मक अभ्यासमा समेत जोड दिएको छ ।

व्यवस्थापन विषयमा विजनेश म्यानेजमेन्ट लिने विद्यार्थीलाई डेभलपमेन्ट ट्रेनिङ, होटल म्यानेजमेन्टका विद्यार्थीका लागि होटल ट्रेनिङ, कम्प्युटर म्यानेजमेन्टमा आईटी संग सम्बन्धीत कोर्षहरु यहाँ सञ्चालनमा छन् । कानुनका विद्यार्थीलाई मुटकोर्ट तालिम र ल फर्ममा अभ्यासको व्यवस्था कलेजले गरेको छ । त्यस्तै, पत्रकारिताका विद्यार्थीका लागि सञ्चार गृहमा इन्टर्नसिपको व्यवस्था समेत गरिएको छ । यसरी कक्षा ११ र १२ मा अध्ययन गरिने कुनै पनि संकायका विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक र व्यवसायिक बनाउन पिनाकलले जोड दिँदै आएको छ ।

गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभर एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।

पिनाकलको भौतिक पूर्वाधार, अत्याधुनिक र प्रविधिमैत्री छ । ठुला कक्षाकोठा, खुला खेलमैदान, आधुनिक प्रयोगशाला, लाइब्रेरी, मुटकोर्टले सम्पन्न यो कलेजले अतिरिक्ति क्रियाकलापसंग सम्बन्धित विविध गतिविधिलाई समेत प्राथमिकता दिएको छ । ब्याडमिन्टन, फुटबल, क्रिकेटमा अन्तराष्ट्रियस्तरमा नाम कमाएका खेलाडीमात्र हैन सञ्चार क्षेत्रमा कहलिएका जनशक्ति पनि यो कलेजका उत्पादन हुन् ।

प्रविधिमैत्री अध्यापन, परिणाममुखी नतिजा, अनुभवी अध्यापक, विद्यार्थीमैत्री शिक्षण पद्दतिले पनि पिनाकललाई उत्कृष्टको शीर्षभित्र बस्न सहयोग पुर्याएको छ । गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभर एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ । अनुशासित शैक्षिक वातावरण भएकाले नै यहाँ अध्ययन गरेका विद्यार्थी अब्बल सावित भएका छन् । त्यसैले त विद्यार्थीहरुको पहिलो रोजाईमा पिनाकल एकेडेमी पर्दै आएको छ ।

Skip This
Skip This
Logo