काठमाडौं । सांसदहरुले निर्मला पन्त हत्या, निजगढ विमानस्थल निर्माण, बुढी गण्डकी आयोजना बनाउन चिनिया कम्पनीलाई दिने सरकारी निर्णय लगायत बारे संसदमा आवाज उठाएका छन् । "/>

गगनको प्रश्न, ‘सभामुख महोदय के सदन पनि प्रधानमन्त्रीको हुकुमको छाया हो ?’

गगनको प्रश्न, ‘सभामुख महोदय के सदन पनि प्रधानमन्त्रीको हुकुमको छाया हो ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सांसदहरुले निर्मला पन्त हत्या, निजगढ विमानस्थल निर्माण, बुढी गण्डकी आयोजना बनाउन चिनिया कम्पनीलाई दिने सरकारी निर्णय लगायत बारे संसदमा आवाज उठाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद गगन थापाले चाईना गेजुवा ग्रुप कम्पनीलाई बुढी गण्डकी आयोजना बनाउन दिने सरकारको निर्णयप्रति गम्भीर आपत्ती जनाए ।

उनले भने, “प्रधानमन्त्रीले श्री ३ को शैलीमा चाईना गेजुवा कम्पनीलाई बुढी गण्डकी आयोजना बनाउन हुकुम गरिबक्स्यो र प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तामेली गर्न तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ । हाम्रो पनि त्यस्तै अनुभव रह्यो । सभामुख महोदय, के सदन पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ?”

विगतमा बुढी गण्डकी आयोजना निर्माणको जिम्मा दिने सम्बन्धमा भएका निर्णयको स्मरण गराउदै उनले सरकारले विधि र विधान तथा शुसासनको उल्लघन मात्रै नभई सदनलाई पनि हेप्ने काम गरेको दाबी गरे ।

सांसद विरोध खतिवडाले निजगढ विमानस्थल निर्माणको नाममा पुर्वाधार विना नै रुख कटान गर्न हतार गरिएको भन्दै गम्भीर आपत्ति जनाए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डिपीआर तयार नहुँदै, निर्माण लागत, खर्च कसले व्यहोर्ने टुंगो नभई रुख काट्न हतार भएको भन्दै भने, “दौरा न सौराको खल्ती भनेको यही हो । रुख चाही अहिले काटेर बेचिहाल्ने । अहिलेको आधुनिक युगमा सबैसँग सम्झौता गर्नुहोस् दुई महिनामा ती सग्ला रुखहरु त्यहाबाट हटाईदिन म सक्छु । लाज भन्ने कुरो हुदैन अलिकति ? शरम हुदैन ? दिन दहाडै डाँकागिरी ? म खबरदारी गर्छु । सम्झौता र लगानीकर्ताकोे अन्तिम टुंगो नहुन्जेल र डिपिआर तयार नहुन्जेल जस्ले त्यो रुखमा हात हाल्छ त्यो हत्यारा ठहर्छ ।”

उनले निर्मला पन्तको हत्या छानविन गर्न आयोगको प्रतिवेदन आउनुपर्छ भन्नु लज्जास्पद भएको भन्दै गम्भीर आपत्ती जनाए । उनले भने, “हरेक घटनामा आयोग बनाउनुपर्छ भने राज्यको स्थायी संयन्त्रलाई तलब खुवाएर किन पालेको ? मुख देखाएर हिड्न लाज हुने अवस्था श्रृजना भयो ।”

सांसद प्रेम सुवालले पुराना र नयाँ आवास क्षेत्रमा ठुला सवारी साधन संचालन बन्द गर्न र राजमार्गको दायाबायामा बजार विकास नगर्न तथा संसद अधिवेशन टुंग्याएर कुनै पनि अध्यादेश ल्याउने निरंकुश काम नगर्न सरकारको ध्यानाकर्षण गराए । मदिराका कारण महिला हिंसाको घटना बढेको बताउने सरकारले मदिरा पसल खोल्न किन दिएको भनि प्रश्न गरे ।

सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारको नेतृत्वसँगै मुलुकभर हत्या हिंसाका घटनामा वृद्धि हुनुको साथ सुशासनको नाममा भ्रष्टाचार बढेको दाबी गरे । विमानस्थल निर्माणको नाममा ठुलो क्षेत्रफलको महत्वपुर्ण जंगल फडानी गर्न लागिएको भन्दै उनले आपत्ती जनाए । डाक्टर गोविन्द केसीसँगको सहमति अनुसार सरकारले चिकित्साशास्त्र विधेयक नल्याएको भन्दै आपत्ती जनाए ।

सांसद चन्दा चौधरीले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यापछि निरन्तर महिला हिंसाका घटना बढ्दै जाँदा पनि सरकार मौन बसेको भन्दै गृहमन्त्रीसँग दोषीलाई कठघरामा ल्याउन नसक्नुको कारण माग गरिन् ।

सांसद हृदयेश त्रिपाठीले सरकारले सदनलाई छलेर अध्यादेश मार्फत निजामति सेवा ऐनमा संसोधन गर्न लागेको भन्दै आपत्ती जनाए । उनले निजामति सेवाका कर्मचारीको सेवा अवधिको विषयमा देशलाई प्रयोगशाला बनाउने काम भएको भन्दै हचुवाको भरमा कर्मचारी मिलान गर्न खोजिएकोमा आपत्ती जनाए । अध्यादेश मार्फत निजामति सेवा ऐन संसोधन गरिएमा संसदको स्वायक्ततामाथि प्रश्न उठ्ने भन्दै सभामुखको गम्भीर ध्यानकर्षण गराए ।

सांसद लक्ष्मणलाल कर्णले सरकारले विद्यालय कर्मचारीको श्रम शोषण गरेको दाबी गरे । उनले आन्दोलनमा रहेका विद्यालय कर्मचारीको माग अबिलम्बन सम्बोधन गर्न सरकारलाई निर्देशित गर्न सभामुखसँग माग गरे ।

सांसद अग्नि प्रसाद सापकोटाले मुलुकभर वृद्धि हुँदै गएका महिला हिंसाका घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए । मंहगी, मलखाद, यातायातमा ठगी, मुल्यवृद्धि लगायतमा सरकारको ध्यानाकर्षण गराए ।

Logo