उत्कृष्टताको प्रतीक, नवीनताको शैक्षिक केन्द्र विश्व निकेतन मावि

उत्कृष्टताको प्रतीक, नवीनताको शैक्षिक केन्द्र विश्व निकेतन मावि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । वि.सं. २००३ सालमा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालय एक प्रतिष्ठित, गैर–नाफामूलक शैक्षिक संस्था हो । २०५२ सालदेखि कक्षा ११ र १२ का कार्यक्रम सञ्चालनमा ल्याएको यो शैक्षिक संस्थाले नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि आधारशिला तयार पारेको छ ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानून संकायमा अध्यापन गराउँदै आएको विश्व निकेतनले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र विकासमा योगदान दिनसक्ने, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार पार्ने लक्ष्य राखेको छ । छात्रछात्रालाई चिकित्सा, इन्जिनियरिङ, कम्प्युटर विज्ञान, वातावरणीय अध्ययन, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गर्न बलियो आधार तयार गरिन्छ ।

सुविधा सम्पन्न भौतिक पूर्वाधार, पर्याप्त पुस्तकालय, उपयुक्त शैक्षिक वातावरण तथा योग्य र अनुभवी शिक्षकहरुका कारण यो विश्व निकेतनले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस विश्व निकेतनले विद्यार्थीहरूको आवश्यकता र विश्वबजारको माग अनुसार आफ्नो पाठ्यक्रमलाई परिस्कृत र परिमार्जन गर्दै लगेको छ । सुविधा सम्पन्न भौतिक पूर्वाधार, पर्याप्त पुस्तकालय, उपयुक्त शैक्षिक वातावरण तथा योग्य र अनुभवी शिक्षकहरुका कारण यो विश्व निकेतनले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

वि.सं. २०७४, २०७५ र २०८१ म गरी तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त यो शैक्षिक संस्थाले शिक्षा क्षेत्रका महत्वपूर्ण सम्मान र उपाधि हासिल गरेको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले तत्कालिन एसएलसी टपमात्र गरेका छैनन् स्नातकोत्तरसम्मकै अध्ययनमा उत्कृष्टको सम्मान समेत थापेका छन् ।

यी उपलब्धिहरू विद्यालयको उत्कृष्ट शैक्षिक गुणस्तर, बलियो पूर्वाधार र असाधारण विद्यार्थी सफलताप्रति प्रतिबद्धताको प्रतीक हुन्।

Skip This
Skip This
Logo