काठमाडौं । उत्कृष्ट नतिजा पस्किँदै शैक्षिक संस्थाहरुको भिडमा छुट्टै छाप छोड्न सफल किष्ट कलेजको अनुभवी अध्यापक तथा भिन्न शैलीको सिकाई विधि नै आकर्षकको केन्द्र हो । मास्टर्ससम्म ९ वटा कार्यक्रममा अध्ययनअध्यापन हुँदै आएको यो कलेजमा प्लस टु तर्फ विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ ।
कलेजका प्रिन्सिपल समिर शर्माका अनुसार किस्टको मुल दर्शन भनेकै सानो समूहमा सीमित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । कलेजले केवल किताबी ज्ञानमा मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिएको छ ।
किष्ट कलेजको अनुभवी अध्यापक तथा भिन्न शैलीको सिकाई विधि नै आकर्षकको केन्द्र हो ।
“गेटिङ एक्स्ट्रा इज फ्रम किस्ट” भन्ने ट्यागलाइन अनुसार किस्टले विद्यार्थीलाई राम्रो नागरिक बनाउन, उनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न, र व्यवहारिक ज्ञान प्रदान गर्न ईसीए र सीसीए कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिई विजेता हुँदै किस्टको नाम विश्वव्यापी रुपमा चिनाएको छ ।
कलेजको अर्को विशेषता भनेको विद्यार्थीहरूप्रति देखिने व्यक्तिगत केयर र अभिभावकहरूसँगको घनिष्ठ समन्वय हो । विद्यार्थीको शैक्षिक प्रगति, व्यवहार र क्षमता अभिवृद्धिका लागि किस्टले ओपन डोर पोलिसीमार्फत अभिभावकहरूसँग नियमित सम्पर्क राख्छ । यहाँ पढ्ने विद्यार्थीहरूलाई व्यक्तिगत गाइडेन्स, करियर काउन्सिलिङ उपलब्ध गराइन्छ, जसले गर्दा उनीहरू आफ्नो क्षमता अनुसार सही निर्णय गर्न सक्षम हुन्छन् ।
समय सान्दर्भिक एवम् गुणस्तरीय शिक्षा दिँदै आएको किस्ट उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।
सीमित विद्यार्थीमा उच्च गुणस्तर, आधुनिक शिक्षण प्रणाली र समर्पित शैक्षिक टिमले किस्टलाई आजको दिनमा प्लस टुमा मात्र नभएर समग्र शिक्षा प्रणालीको एक आदर्श नमूना बनाएको छ । समय सान्दर्भिक एवम् गुणस्तरीय शिक्षा दिँदै आएको किस्ट उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।































प्रतिक्रिया