लमजुङमा एक वर्षमा दुई लाख २२ हजार बढी पशुलाई पूर्ण खोप

लमजुङमा एक वर्षमा दुई लाख २२ हजार बढी पशुलाई पूर्ण खोप

केन्द्रबिन्दु
12
Shares

लमजुङ । यहाँ एक वर्षको अवधिमा दुई लाख २२ हजार बढी पशुमा पूर्ण खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार यस आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका आठ पालिकामा दुई लाख २२ हजार ८६९ पशुलाई पूर्ण खोप लगाएको हो ।

केन्द्रका निमित्त प्रमुख डा.सुनील न्यौपानेका अनुसार विभिन्न रोगको नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर गाई, भैँसी, बाख्रा, बङ्गुर र कुकुरलाई खोप लगाइएको थियो । केन्द्रका अनुसार भैँसी ४८ हजार २७०, गाईबस्तु २६ हजार २५५, बाख्रा एक लाख २४ हजार २२५, भेडा १८ हजार ६२०, कुकुर चार हजार ५२२ र बङ्गुर ९७७ मा खोप लगाइएको थियो ।

जिल्लाका ७५ वडाका १६ हजार ५४१ किसानको यतिका सङ्ख्यामा खोप लगाइएको केन्द्रका निमित्त प्रमुख डा न्यौपानेको भनाई छ। केन्द्रका अनुसार सबै बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका पशुचौपायमा पूर्ण खोप लगाइएको छ।

पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता परिचालन गरिएको थियो । जिल्लामा सबैभन्दा बढी गाईको सङ्ख्यामा वृद्धि हुँदै गएको उक्त केन्द्रले जनाएको छ। पाँच वटा खोपले छ वटा मुख्य सङ्क्रमण रोग नियन्त्रण गर्ने र सो खोपले एक वर्षसम्म मात्र काम गर्ने र प्रत्येक वर्ष खोप लगाउने अभियान जारी रहने बताइएको छ।

Skip This
Skip This
Logo