काठमाडाैं । पछिल्लो चार दशकदेखि ललितपुरको हात्तीवनमा रहेर मुलुककै शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको शिक्षण संस्था हो, लिटल एन्जल्स स्कुल ।
शिक्षण क्षेत्रमा आमुल परिवर्तन ल्याउँदै सिकाइको नयाँ अध्याय सुरु गर्ने अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित लिटल एन्जल्स सन् १९८१ देखि निरन्तर सञ्चालनमा छ । सन् १९९७ देखि तत्कालिन प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो कलेजले अहिले भने मास्टरर्ससम्मको अध्यापन गराउँदै आएको छ ।
स्थापनाकालदेखि नै शतप्रतिशत रिजल्ट निकाल्न सफल लिटल एन्जल्स पछिल्लो २२ वर्षदेखि निरन्तर आफूलाई देशैभरको उत्कृष्ट १० कलेजभित्र आफूलाई राख्न सफल छ ।
नयाँ पुस्तालाई प्रविधिमा आधारित भएर संस्कारसहितको शिक्षा दिनुपर्छ भन्ने मान्यता बोकेको लिटिल एन्जल्सले आफ्नो पाठ्यक्रमलाई युग सुहाउदो र विश्व परिवेश अनुसार परिस्कृत गर्दै लगेको छ । शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको लिटल एन्जल्समा गुणस्तरीय भौतिक पूर्वाधारसहित प्रविधिमैत्री कक्षाकोठा, शान्त र उपयुक्त वातावरण, खुला र फराकिलो खेल मैदान छ ।
कलेजको स्थापनाकालदेखि नै शतप्रतिशत रिजल्ट निकाल्न सफल एल ए पछिल्लो २२ वर्षदेखि निरन्तर आफूलाई देशैभरको उत्कृष्ट १० कलेजभित्र आफूलाई राख्न सफल छ ।
‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई एलएले विशेष ध्यान दिने गर्छ । कलेजले कक्षा ११ र १२ मा साइन्स, मेनेज्मेन्टका साथै ए लेभलको समेत अध्यापन गराउँदै आएकोे छ ।
विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दिने लिटल एन्जल्स विद्यार्थीको उचित गन्त्वय हुनेमा ढुक्क हुन सकिन्छ ।
विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्सले विद्यार्थीलाई समयअनुसार सबै सेवा र अवसर उपलब्ध गराउँछ । विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दिने यस शैक्षिक संस्था विद्यार्थीको उचित गन्त्वय हुनेमा ढुक्क हुन सकिन्छ ।





























प्रतिक्रिया