भोलिको नेतृत्वकर्ता तयार पार्ने शैक्षिक केन्द्र, ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज

भोलिको नेतृत्वकर्ता तयार पार्ने शैक्षिक केन्द्र, ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज

केन्द्रबिन्दु
372
Shares

काठमाडौं । उपत्यकाको शिक्षाको केन्द्रविन्दु कुमारीपाटी ललितपुरमा अवस्थित ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज, नेपालकै एक अग्रणी शैक्षिक संस्थामध्ये एक हो । वि.सं २०६६ मा स्थापना भएदेखि नै यस कलेजले गुणस्तरीय शिक्षालाई मूल मर्म मानेको छ ।

प्रविधि–मैत्री, सिर्जनात्मक र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा आधारित ओमेगाको कक्षाकोठा अब केवल पढाइको स्थान मात्र होइन, ज्ञान र प्रयोगको प्रयोगशाला समेत रहेको विषयमा केन्द्रित रही शिक्षण सिकाइलाई अगाडि बढाइरहेको छ । विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ओमेगा कलेजमा प्लस टु अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान जस्ता उत्कृष्ट शैक्षिक संस्थामा उत्कृष्ट अंक ल्याइ पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

ओमेगाको लक्ष्य आजको लागि मात्रै पढाउने होइन, भोलिको नेतृत्वकर्ता तयार पार्ने हो ।

प्रोजेक्टमा आधारित अध्ययन र इन्टरएक्टिभ प्रिजेन्टेसनजस्ता नवीनतम प्रविधिहरूले सुसज्जित ओमेगामा २४ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । यो संस्थामा ११७ जना शिक्षक र ४८ जना कर्मचारी समर्पित भावनाका साथ कार्यरत छन्, जसले गर्दा विद्यार्थीहरु उत्कृष्ट नतीजा ल्याउनुका साथै अतिरिक्त कृयाकलापमा पनि अब्बल सावित भएका छन् ।

ओमेगामा अध्ययनरत विद्यार्थीहरु अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप प्रतिष्पर्धामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यस कलेजको विगत ३ वर्षको नतिजालाई हेर्दा ९९.४ प्रतिशत रहेको छ । यस सफलता दरले ओमेगाको शैक्षिक उत्कृष्टता भएको पुष्टि हुन्छ । यस्तै, विद्यार्थीहरु विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिसहित भर्ना भई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गरिरहेका छन् ।

१० रोपनी क्षेत्रफलमा फैलिएको कक्षाकोठादेखि खेलमैदान, क्यान्टिन, अडिटोरियमसम्मको समावेश छ । बास्केटबल, फुटसल, टेबल टेनिस, डान्स प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई समग्र व्यक्तित्व विकासमा सघाइरहेको छ ।

विद्युतीय प्रणालीमार्फत पठनपाठन, मुल्यांकन र सूचना आदानप्रदान गर्दै आएको यो संस्था अभिभावक र विद्यार्थीबीचको विश्वासको पर्याय बनेको छ ।

ओमेगा कलेजमा अध्ययनका लागि प्रवेश गरेपछि वा प्लस टु कलेजको अध्ययन सकाएपछि विद्यार्थीको अभिभावकलाई कलेजले म्यासेज पठाउने गरेको छ । विद्युतीय प्रणालीमार्फत पठनपाठन, मुल्यांकन र सूचना आदानप्रदान गर्दै आएको यो संस्था अभिभावक र विद्यार्थीबीचको विश्वासको पर्याय बनेको छ । ओमेगाको लक्ष्य आजको लागि मात्रै पढाउने होइन, भोलिको नेतृत्वकर्ता तयार पार्ने हो ।

Skip This
Skip This
Logo