ब्रिजवाटर इन्टरनेशनल कलेज, जहाँ शुल्कले होइन सीप र समर्पणले प्रवेश पाउँछ

ब्रिजवाटर इन्टरनेशनल कलेज, जहाँ शुल्कले होइन सीप र समर्पणले प्रवेश पाउँछ

केन्द्रबिन्दु
255
Shares

काठमाडौं । सिनामंगलस्थित रमणीय वातावरणमा फरक दृष्टिकोण, सामर्थ्य र प्रतिबद्धताका साथ शिक्षाको क्षेत्रमा एक भरपर्दाे गन्तव्यका रूपमा परिचित कलेज हो, ब्रिजवाटर इन्टरनेशनल ।

ब्रिजवाटरले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायमा अध्यापन गराउँछ । विद्यार्थीको वास्तविक आवश्यकता, रुचि र क्षमतालाई केन्द्रमा राखेर शैक्षिक कार्यक्रम विकास गरेको यो कलेजले पढाइलाई केवल पाठ्यपुस्तकमा मात्र सीमित नराखेर सहपाठ्य गतिविधि, नेतृत्व विकास, व्यवहारिक ज्ञान र करियर निर्माणसम्मको समग्र यात्रामा विद्यार्थीलाई उचित मार्गदर्शन दिने गरेको छ ।

ब्रिजवाटरले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायमा अध्यापन गराउँछ ।

कलेजको अर्काे विशेषता भनेको गुणस्तरीय शिक्षा न्युन शुल्कमा उपलब्ध गराउनु हो । विद्यार्थीको प्रतिभालाई मुख्य आधार बनाउँदै, शुल्क होइन सीप र समर्पणलाई कलेज प्रवेशको मापदण्ड बनाउने साहसी प्रयत्न ब्रिजवाटरले गर्दै आएको छ ।

विद्यार्थीको उज्ज्वल भविष्यका लागि माध्यम बन्दै ब्रिजवाटरले मेडिकल, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी र अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि कलेजभित्रै विशेषज्ञ सँग साझेदारीमा विशेष कक्षाहरू सञ्चालन गरिरहेको छ ।

व्यवस्थापन संकायभित्र बिजनेस, कम्प्युटर र होटल म्यानेजमेन्टका छुट्टाछुट्टै समूह सञ्चालन गरिएको छ भने विज्ञानतर्फ बायोलोजी र फिजिक्स दुवै समूहमा अध्यापन गराउँदै आएको छ । कानुन र मानविकी संकायमा पनि गहकिला र समर्पित विद्यार्थी उत्पादन गर्ने यस कलेज हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

शुल्क होइन सीप र समर्पणलाई कलेज प्रवेशको मापदण्ड बनाउने साहसी प्रयत्न ब्रिजवाटरले गर्दै आएको छ ।

कलेजको नेतृत्व, शिक्षक टिम, पारिवारिक वातावरण, पर्सनल केयर र एकेडेमिक कडाइले गर्दा ब्रिजवाटर देशकै शिक्षण संस्थाहरूको भीडमा एउटा स्पष्ट र फरक पहिचान बनाउन सफल भएको छ ।

Logo