गुणात्मक र प्रयोगात्मक शिक्षामा अग्रणी, मोर्गन इन्टरनेशनल कलेज

गुणात्मक र प्रयोगात्मक शिक्षामा अग्रणी, मोर्गन इन्टरनेशनल कलेज

केन्द्रबिन्दु
6
Shares

बसुन्धारामा रहेको मोर्गन इन्टरनेशनल कलेज शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित अग्रणी शैक्षिक संस्था हो । शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र नेतृत्व विकासका क्षेत्रमा आफैंलाई उदाहरणीय बनाउँदै यस संस्थाले हरेक विद्यार्थीलाई व्यक्तिगत रूपमा प्रोत्साहित गर्ने र उनीहरूको वैश्विक भविष्य निर्माणमा सशक्त भूमिका खेल्दै आएको छ ।

बसुन्धारामा रहेको मोर्गन इन्टरनेशनल कलेज शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित अग्रणी शैक्षिक संस्था हो ।

दूरदर्शी र अन्तर्राष्ट्रिय सोच भएका शैक्षिक विज्ञहरूको सक्रियतामा खोलिएको यो कलेज एक यस्तो उत्कृष्ट शैक्षिक संस्था हो, जुन प्रविधि र व्यवस्थापन क्षेत्रमा विश्वस्तरमा अब्बल जनशक्ति उत्पादनको लक्ष्यसहित अगाडी बढेको छ । शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित यो कलेज देशका उत्कृष्ट कलेजहरूमध्ये एकको रूपमा उभिएको छ ।

मोर्गन कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषयहरूको पठनपाठन सञ्चालन हुँदै आएको छ । आधुनिक विषयमा शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई समयसापेक्ष शिक्षा दिँदै आएको मोर्गनले आईटी तथा व्यवस्थापन शिक्षामा नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ ।

प्रतिस्पर्धात्मक र अद्वितीय पाठ्यक्रम संरचना भएको यो कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ ।

प्रतिस्पर्धात्मक र अद्वितीय पाठ्यक्रम संरचना भएको यो कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । सुविधा सम्पन्न भौतिक संरचनामात्र नभएर लोभलाग्दो शैक्षिक वातावरणले पनि मोर्गानलाई विश्वस्तरको शिक्षण संस्था बनाएको छ ।

Logo