शिक्षा समितिको बैठकमा कांग्रेस र माओवादी सांसदबीच भनाभन

शिक्षा समितिको बैठकमा कांग्रेस र माओवादी सांसदबीच भनाभन

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेपछि भनाभन भएको हो ।

बैठकमै शर्माले सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने बताइन् । ‘आज आएर फेरि थप समय माग गरिएको छ । हामीलाई कुनै दलको ह्वीप लगाउने काम नहोस् । कसैको ह्वीप मान्न तयार छैनौँ, ’उनले भनिन् ।

शर्माले बोल्दै गर्दा घिमिरेले रिसाउँदै नियमापत्ति जनाए । त्यसपछि समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे । तर, घिमिरे बैठकबाट निस्किए ।

यसैगरी नेकपा एमालेकी सांसद् विद्या भट्टराईले शिक्षा विधेयकमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले विधेयकमा गरिएका व्यवस्थाप्रति असन्तुष्टि पोख्दै विधेयकमा हामीले खोजेको के हो ? शिक्षामा सुधार गर्न खोजिरहेका छौं कि अहिले जे गर्न खोजिएको छ, त्यसले सुधार हुन्छ ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘विधेयकमा हामीले खोजेको के हो ? शिक्षामा सुधार गर्न खाजेका छौं, अहिले जे गर्न खोजिएको छ, त्यसले सुधार हुन्छ ? हामीले भनेको जस्ताको तस्तै हुनुपर्छ भन्ने कुराले ऐन पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जिएको छ, जसको शक्तिशालीसँग पहुँच हुन्छ, उसले मात्रै सुविधा पाइरहेका छन्, सबैको लागि न्याय हुने कानुन बनाऔं ।’

विद्यार्थी लक्षित गुणस्तरीय शिक्षा दिन सरोकारवाला जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo