काठमाडौं । केही समय अगाडि प्रदेश ५ को प्रदेशसभामा नबोलाईकन गएकी कोमल वली निकै चर्चामा आईन् । उनी बिना निम्तो पहिलो प्रदेशसभा बैठकमा गएको भन्दै चर्चामा भने आएकी होईनन् । "/>

हाम्रो परराष्ट्रमन्त्रीको अगाडि को हुन उपरखुट्टी लगाएर बस्ने महिला ?

हाम्रो परराष्ट्रमन्त्रीको अगाडि को हुन उपरखुट्टी लगाएर बस्ने महिला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केही समय अगाडि प्रदेश ५ को प्रदेशसभामा नबोलाईकन गएकी कोमल वली निकै चर्चामा आईन् । उनी बिना निम्तो पहिलो प्रदेशसभा बैठकमा गएको भन्दै चर्चामा भने आएकी होईनन् ।

उनी त आफ्नो बसाईका कारण चर्चा र मजाककी पात्र बनेकी हुन् । उनी उपरखुट्टी लगाएर बसेको देखेर मर्यादापालकले भनिहाले, ‘हजुर, खुट्टा…मिलेन हजुर ।’ त्यसपछि उनले खुट्टा तल झारिन ।

त्यस्तै पूर्व अर्थमन्त्री एवंम कांग्रेस नेता डा. रामशरण महत पनि एक पटक आलोचनाको पात्र बनेका थिए । तत्कालिन राष्ट्रपति डा. रामवरण यादव सहभागी एक कार्यक्रममा भने उनी उपरखुट्टी लगाएर बसेका थिए । मर्यादाको सामान्य नियम अनुसार राष्ट्रपतिसँगै एउटै कुर्सीमा बस्ने अधिकार कुनै पनि मन्त्रीलाई हुँदैन ।

राष्ट्रपतिसँग प्रधानन्यायाधिस र प्रधानमन्त्री मात्रै बस्न पाउँछन् । मन्त्रीहरुले राष्ट्रपतिभन्दा पछिल्लो तहमा बस्नुपर्ने प्रावधान हुन्छ । राष्ट्रपतिलाई दायाँ पारेर अर्थमन्त्री रामशरण महत बसेका थिए । सँगै रहेका राष्ट्रपति यादव दुबै खुट्टा तल राखी मर्यादित भएर बसेका थिए । तर उनी भने उपरखुट्टी लगाएर बसिरहे ।

राष्ट्रपतिसँगै उपरखुट्टी लगाएर बसेको असहज दृष्य हेर्न राष्ट्रपति कार्यालयका मर्यादा पालकसमेत बाध्य भए । एक मर्यादा पालकले भने ‘मन्त्रीहरुले राष्ट्रपतिज्यूसँग त्यसरी बस्न मिल्दैनँ ।’

यी त केबल प्रतिनिधि पात्र मात्र हुन् । बेला बेला यस्ता घटना सार्वजनिक भईरहेका छन् । यसैविच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि यस्तै भएको छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा बुल्गेरियाका विदेशमन्त्री त्यसरी नै उपरखुट्टी लगाएर बसेकी थिईन् ।

शिष्टाचारको मान्यता विपरित बुल्गेरियाकी न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभा परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटको क्रममा उपरखुट्टी लगाएर बसेकी हुन् ।

तस्बिरः सुरेन्द्र बहादुर नेपाली, रासस ।

Logo