विद्यार्थीको चौतर्फी विकासमा समर्पित, जेभियर एकेडेमी

विद्यार्थीको चौतर्फी विकासमा समर्पित, जेभियर एकेडेमी

केन्द्रबिन्दु
453
Shares

काठमाडौं । लाजिम्पाटमा २०५४ सालमा औपचारिक रूपमा स्थापना गरिएको जेभियर एकेडेमीले अभिभावक र शिक्षकबीचको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्न विद्यार्थीहरुको भविष्यका लागि मार्गचित्र कोर्ने गरेको छ । विद्यालय र विद्यार्थीसँग सम्बन्धित विविध विषयमा चर्चा, समीक्षा, योजना तथा सुझाव संकलन गर्दै कलेजले प्रगति, समस्या र भावी योजनाहरूमा समावेश गर्दै आएको छ ।

कलेजले हरेक विद्यार्थीले वार्षिक रूपमा १५ घण्टा सामाजिक/सामुदायिक सेवा अनिवार्य रूपमा गर्नु पर्ने व्यवस्था गरेको छ, जसले उनीहरूलाई सामाजिक उत्तरदायित्व र सेवाभावमा पनि सक्षम बनाउँछ।

जेभियर एकेडेमीले गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाको आफ्नो मर्मलाई कुनै वर्ष पनि कमजोर बन्न दिएको छैन ।

जेभियर एकेडेमीले गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाको आफ्नो मर्मलाई कुनै वर्ष पनि कमजोर बन्न दिएको छैन । विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउँदै लगेको यो कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । साथै नियमित रुपमा परीक्षा, अन्र्तक्रिया, छलफल आदि गराउँछ ।

विद्यार्थीका हरेक क्रियाकलापलाई रचनात्मक ढंगले सरोकार राख्ने जेभियरले पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येय राखेको छ ।

Skip This
Skip This
Logo