काठमाडौं । उच्च गुणस्तरको शिक्षाका लागि परिचित नेपाल काष्ठमण्डप कलेज विभिन्न वर्षहरूमा विभिन्न संकायमा टपर तथा गोल्ड मेडलिस्ट उत्पादन गर्ने शैक्षिक संस्थामध्ये एक हो ।
साढे दुई दशकदेखि अनवरत रुपमा अघि बढिरहेको काष्ठमण्डप कलेजमा कक्षा ११ मा आर्टिफिसियल इन्टेलिजेन्स र कक्षा १२ मा साइबर सेक्युरिटी पढाइन्छ, जसबाट विद्यार्थीहरूले सर्टिफिकेट प्राप्त गरी आफूलाई दक्ष र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सक्षम भएका छन् ।
पाठ्यक्रममा आधारीत ज्ञानमा मात्र सिमीत नभई २१ औं शताब्दीका आवश्यक सीपहरू जस्तै नेतृत्व विकास, होटल म्यानेजमेन्ट, कम्प्युटर तालिम, सम्प्रेषण सीपलगायतका विषयहरूमा तालिम दिँदै विद्यार्थीहरूलाई समृद्ध बनाउने कार्यमा कलेज उत्तिकै सक्रिय रहेको छ ।
समय सुहाउँदो शिक्षा दिने नेपाल काष्ठमण्डप कलेज भर्खरै एसईई पास गरेर बसेका विद्यार्थीका लागि उचित गन्तव्य हो भन्नेमा कुनै द्विविधा छैन ।
विद्यार्थी जीवनमा उमेर व्यवस्थापनसँगै अध्ययनको व्यवस्थापन गर्नु अत्यन्त चुनौतीपूर्ण हुन्छ । यसको व्यवस्थापनका लागि कलेज परिवार विद्यार्थीको कलेज प्रवेशको सुरुकै दिनबाट लाग्ने र विद्यार्थीको भविष्य उज्जवल बनाउनेमा विश्वस्त छ ।
विद्यार्थीको अतिरिक्त क्रियाकलापका साथै सह–पाठ्यक्रम गतिविधिलाई सिकाइको मूल मन्त्र बनाएको काष्ठमण्डप कलेजले प्लस टुका विद्यार्थीको मनोवैज्ञानिक परामर्शका लागि छुट्टै कक्षाको समेत व्यवस्था गरेको छ । विद्यार्थीको सर्वाङ्गिण विकासका लागि कलेजले हालै क्यानाडा, चीनका संस्थासँग एमओयू गरेको छ भने बेलायतको एनसीसी मान्यताप्राप्त संस्थासँग कम्प्युटर तालिमसम्बन्धी सहमति गरेको छ । समय सुहाउँदो शिक्षा दिने नेपाल काष्ठमण्डप कलेज भर्खरै एसईई पास गरेर बसेका विद्यार्थीका लागि उचित गन्तव्य हो भन्नेमा कुनै द्विविधा छैन ।





























प्रतिक्रिया