काठमाडौं । सुरज कुमार थापा र सुजता उपाध्यायको ‘ज्यानै फाल्छु’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश अधिकारीको शब्द रहेको गीतमा नायिका केकी अधिकारी र जीवन भट्टराईको अभिनय रहेको छ ।
दुई जोडीको एक अर्काको माया प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतमा हरी लम्सालको संगीत रहेको छ । विशाल भण्डारीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका छन् ।
क्यामेरामा अर्जुन तिवारी र उसको टिमले साथ दिएका छन् । म्यूजिक व्यवस्थापन किरण कंडेलले गरेका छन् भने गीतमा मिश्रण शम्भु कुमार तन्दुकरले भरेका छन् ।































प्रतिक्रिया