काठमाडौं । मेक्सिकोले कन्काकाफ गोल्डकपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मेक्सिकोले संयुक्त राज्य अमेरिकालाई २-१ ले हराएको हो ।
खेलको चौथो मिनेटमै क्रिस रिचर्ड्सले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर, मेक्सिकोका लागि राउल जिमेनेजले २७ औं मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि खेलको ७७औं मिनेटमा एडसन अल्भारेजले निर्णायक गोल गर्दै मेक्सिकोको सुनिश्चित गरेका थिए।
यस जितसँगै मेक्सिकोले लगातार दोस्रो पटक गोल्डकपको उपाधि जितेको छ। सन् २०११ यता दुवै देशले यस द्विवार्षिक प्रतियोगितामा गोल्डकपको उपाधि आलोपालो गर्दै आएका छन् । अमेरिकाले २०१३, २०१७, २०२१ मा जितेको थियो भने मेक्सिकोले २०११, २०१५, २०१९, २०२३ र २०२५ मा जितेको छ ।





























प्रतिक्रिया