काठमाडौं । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेशनल कलेज कक्षा ११ र १२ को शिक्षामा अब्बल शिक्षण संस्था हो । यस कलेजले बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षामात्रै प्रदान गर्दैन प्रयोगात्मक विधिबाट शिक्षालाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने उपाय पनि सुझाउँछ ।
विद्यार्थीको उज्ज्व भविष्यको जग मानिएको कक्षा ११ र १२ को अध्यापनलाई सुलभ मूल्यमा सरल बनाएको मोर्गनले कहिल्यै आफ्नो गुणस्तरमा सम्झौता गरेको छैन, विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको मोर्गन कलेज प्रतिको क्रेज आम अभिभावक र विद्यार्थीमा अतुलनीय छ ।
शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस कलेजमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ ।
मोर्गन कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस कलेजमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ । प्रत्येक विद्यार्थीको फरक अभिरुचि तथा क्षमता हुन्छ ।
पृथक र अब्बल अध्यापन शैली, अनुभवी शिक्षक समूह, सुविधा सम्पन्न भौतिक पूर्वाधार, अध्ययनमैत्री वातावरण मोर्गनका विशेषता हुन् । विश्वपरिवेश र बजारलाई ध्यानमा राखेर अध्यापनको मोडल तयार गर्ने मोर्गनमा अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा, इन्जिनियरिङ, चाटर्ड एकाउन्टेन्डलगायत क्षेत्रमा अध्ययनका लागि उल्लेख्य संख्यामा नाम निकालिरहेका छन् ।
सबै कुरालाई डिजिटलाइज्ड गर्दा शिक्षक र विद्यार्थी दुवैको मूल्याङ्कनमा सजिलो भएको बुझाई मोर्गनको छ ।
विभिन्न शीर्षकमा एक सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने मोर्गनले एसईई परीक्षामा ४ जिपिए ल्याएका विद्यार्थीलाई प्रयोगात्मकबाहेक सबै शुल्क मिनाह गर्दै आएको छ । शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका सफल व्यवस्थापकद्वारा सञ्चालित मोर्गन कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्न र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको छ ।
विद्यार्थीको सबै रेकर्ड डिजिटल प्रणालीमा राख्ने मोर्गनले अध्ययन सामाग्रीसमेत डिजिटल प्रणालीमै उपलब्ध गराउने गर्छ । सबै कुरालाई डिजिटलाइज्ड गर्दा शिक्षक र विद्यार्थी दुवैको मूल्याङ्कनमा सजिलो भएको बुझाई मोर्गनको छ । स्नातक तहसम्मको अध्यापन हुने मोर्गनमा बीसीए, बीआईएम, बीबीएम, बीबीएस, बीएसडब्लु, बीए, एमबीएसका कोर्सहरु पढाइ हुन्छ ।





























प्रतिक्रिया