काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपाका नेता अशोक यादवले मधेश कुनैदिन नेपालबाट अलग हुने विवादास्पद अभिव्यक्ति दिएका छन् ।
नेपाल प्रहरीको फरार सूचीमा रहेका नेता यादवले एक भिडिओ वक्तव्य जारी गर्दै उनले मधेस नेपालबाट अलग भएरै छोड्नबताएका हुन् । ‘यो देशबाट मधेश अलग हुनुपर्छ । दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ । सिके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो । त्यो सही कुरा हो । मधेश आज नभए भोलि अलग हुन्छ । म रहूँ या नरहूँ । मधेशको अर्को पिँढीले यो काम गर्छ ।’ उनले भनेका छन् ।
केही दिनअघि जसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका यादवले टेलिफोनमा सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई तराईमा लुट्न आएको लुटेरा भनेर धम्क्याइरहेको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। त्यसपछि यो विवाद चर्किएको हो । हाल उनीविरुद्ध पक्राउ पूर्जीसमेत जारी भइसकेको छ ।
भिडियोमा प्रहरीले राति कार्यालय खोलेर कमिसन उठाएको आरोप यादवले लगाएका छन् । यो विषयमा एसपीसँग कुरा गर्दा आफूलाई ‘साले’ भनेर गाली दिएको उनको दाबी छ ।
बिहार सरकारलाई गुहार्दै उनले भनेका छन्, ‘सर्लाहीको एसपी र डीएसपीले गुण्डागर्दी गरे । उनीहरू मेरो रिस्तेदारको घरमा गएर छापा मारिरहेका छन् । म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो । हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ । यसमा भारतको सपोर्ट मिल्नुपर्छ । भारत र बिहारको लोग नभए हामीमाथि अझै जुर्म हुन्थ्यो । म बिहारका पुलिस प्रशासनलाई आग्रह गर्छु कि नेपालको एसपीले भनेर कुनै पनि कदम नउठाउनु ।’































प्रतिक्रिया