काठमाडौँ

भारतमा जारी ४६ औं संस्करणको एसियन १८ वर्षमुनि ( यू–१८ ) स्कुल च्याम्पियनसीपमा नेपालले चीनलाई पराजित गर्दै विजयी भएको छ । "/>

नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित : यू–१८ एसियन फुटबल

नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित : यू–१८ एसियन फुटबल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भारतमा जारी ४६ औं संस्करणको एसियन १८ वर्षमुनि ( यू–१८ ) स्कुल च्याम्पियनसीपमा नेपालले चीनलाई पराजित गर्दै विजयी भएको छ ।

भारतको आगरामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौं मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए ।

त्यसैगरी खेलको ७० औं मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउदै टीकाले एक गोल थपे । नेपालले समूह चरणको अन्तिम खेल आज बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
रासस

Logo