काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन अवधि घटाएको छ। सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको नवौं संशोधन गर्दै सेयर बिक्री अवधि ४ दिन कायम गरेको हो। यसअघि आईपीओ निष्कासन गर्ने कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुलाई आवेदन अवधि १५ दिन खुला राख्नुपर्ने व्यवस्था थियो।
यसअघि आईपीओ निष्कासन गर्ने कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुलाई आवेदन अवधि १५ दिन खुला राख्नुपर्ने व्यवस्था थियो।
‘(२) उपदफा (१) बमोजिम छुट्याएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नु अगावै आव्हानपत्र प्रकाशन गरी कम्तीमा चार कार्य दिन दरखास्त खुला रहने व्यवस्था गर्नुपर्नेछ,’ सेबोनले संशोधन गरेको निर्देशिकामा भनिएको छ, ‘उक्त अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र बिक्री नभएमा त्यस्तो दरखास्त खुल्ला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ।’
कम्पनीको आइपीओ निष्कासन अवधि छोट्याउन वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन भर्ने समय घटाएको सेबोनका कर्मचारीहरु बताउँछन् । कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्नुअघि कुल निष्कासनको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था छ।





























प्रतिक्रिया