रसुवा । चीनमा परेको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यस बाढीमा परी ३ जना नेपाली प्रहरी सहित १८ जना बेपत्ता भएकाे प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बेपत्ता हुनेहरूमा केही चिनियाँ नागरिक समेत रहेका छन् ।
स्थानीय प्रशासनका अनुसार, बाढीले रसुवाको भोटेकोशी नदी किनारका विभिन्न बस्ती र संरचनामा क्षति पुर्याएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको छ।
बाढीले आज बिहान अन्दाजी ३:१५ बजे रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा समेत क्षति पुगेको छ। त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ। हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सूचित गरिएको छ ।































प्रतिक्रिया