जेहेन्दार विद्यार्थीको इन्जिनियरिङ सपनाको सारथी, ख्वप मावि

जेहेन्दार विद्यार्थीको इन्जिनियरिङ सपनाको सारथी, ख्वप मावि

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । जेहेन्दार तथा न्युन आय भएका विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पूरा गर्दै आएको शैक्षिक संस्था हो, ख्वप कलेज । सन् २००८ देखि सांस्कृतिक शहर भक्तपुरमा स्थापना भएको यो कलेज शैक्षिक संस्थाको भिडमा अरुभन्दा फरक र सफल छ ।

भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको यो कलेज प्रविधिको हिसावले पनि उच्चदर्जाको कलेज हो ।

भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको यो कलेज प्रविधिको हिसावले पनि उच्चदर्जाको कलेज हो । सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन हुने यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान र मानविकी संकायमा अध्यापन हुने गरेको छ ।

बद्लिदो परिस्थिति र विश्वलाई केन्द्रमा राखेर यो शिक्षण संस्थाले आफूलाई समयअनुसार परिस्कृत गर्दै आएको छ । आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउन सफल यो कलेज विद्यार्थीहरुको लागि उचित गन्तव्य बन्नेमा दुईमत छैन । सुविधा सम्पन्न अत्याधुनिक भवन, खुल्ला र पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरणले पनि अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो शिक्षण संस्था पहिलो रोजाइमा पर्दै आएको छ ।

बद्लिदो परिस्थिति र विश्वलाई केन्द्रमा राखेर यो शिक्षण संस्थाले आफूलाई समयअनुसार परिस्कृत गर्दै आएको छ ।

कितावी ज्ञानमात्र नभइ यो कलेजले भक्तपुरको कला र संस्कृतिसँग जोडेर विभिन्न अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने गरेको छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, गीतसंगित, अभिनयमा रुची राख्ने विद्यार्थीका लागि पनि कलेजले अवसरहरु प्रदान गर्ने गरेको छ ।

Logo