भक्तपुर । नेपाल प्रहरीमा खटिएका सकल दर्जाका सन्तानहरुलाई पढाउनका लागि विसं २०४० सालमा भक्तपुरको साँगामा खोलिएको गैरनाफामूलक शैक्षिक संस्था हो, नेपाल प्रहरी विद्यालय ।
योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको नेपाल प्रहरी विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ ।
योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको नेपाल प्रहरी विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ । शिक्षासँगै दिक्षा दिने लक्ष्य राखेको यस विद्यालयले नेपाल प्रहरी कर्मचारीका ६० प्रतिशत र सर्वसाधारणका ४० प्रतिशत छोराछोरीलाई आवाशीय सुविधासहित न्यूनतम शुल्कमा पठनपाठन गराउँदै आएको छ । कक्षा ४, ९ र ११ मा मात्रै भर्ना पाइने प्रहरी विद्यालयमा अनुशासनको उच्चतम नमुना देख्न पाइन्छ । कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकमा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन हुन्छ ।
कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकमा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन हुन्छ ।
पूर्वाधारमा सम्पन्न, स्मार्टबोर्डमा पठनपाठन, हरेक कक्षामा प्रोजेक्टर सिकाइ, शुद्ध खानेपानीको व्यवस्था, योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको यस विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ । साँगामा केन्द्रीय विद्यालय रहेको नेपाल प्रहरी स्कुलका विभिन्न ठाउँमा ७ वटा अन्य विद्यालय पनि सञ्चालनमा छन् ।































प्रतिक्रिया