काठमाडौं । विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिई खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको शिक्षण संस्था हो, लतिलपुरको जावलाखेलमा अवस्थित सेन्ट मेरिज ।
शिक्षक–विद्यार्थीबीच प्रेमपूर्ण सम्बन्ध कायम राख्न सफल यो शिक्षण संस्था ‘पढ्नुको अर्थ जान्नु वा सिक्नु मात्र होइन, बरु आफूलाई सकारात्मक उर्जा र भावले परिपूर्ण पार्नु पनि हो,’ भन्ने मान्यतामा सधैं केन्द्रित रहन्छ ।
‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो, सेन्ट मेरिज ।
सन् १९७५ मा स्थापना भएको सेन्ट मेरिजको अर्को विशेषता भनेको यहाँ छात्राहरुले मात्र भर्ना पाउँछन् । जेहेन्दार, गरिब एवं प्रतिभाशाली विद्यार्थीहरुलाई सही मार्गदर्शन दिन सकियोस् भनेर सेन्ट मेरिजले सस्तो तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
सेन्ट मेरिजले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना गर्छ । यसरी सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ । पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन भएको सेन्ट मेरिजमा अन्तर्क्रियात्मक प्रणाली अनुसार पढाइ हुन्छ ।
सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ ।
असल काम नै अनुशासनको शर्त मान्ने यो कलेज ‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो ।





























प्रतिक्रिया