त्रिशूली बाढी : २ सय मेगावाट विद्युत् उत्पादन बन्द, कहाँ कहाँ पुग्यो क्षति ?

त्रिशूली बाढी : २ सय मेगावाट विद्युत् उत्पादन बन्द, कहाँ कहाँ पुग्यो क्षति ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणकाका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति भएको नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको त्रिशुली ३ ए आयोजनामा भएको क्षतिको विवरण आउन बाँकी छ । आयोजनाको भवनमा बाढी पसेको छ भने त्रिशुली ३ बी सबस्टेसनलाई हलोले भरिएको छ । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

Logo