बाँके । बाँकेमा एक किशोरी बलात्कार हुनबाट जोगिएकी छन् । खजुरा गाउँपालिकामा एक १४ वर्षीया किशोरी बलात्कार हुनबाट जोगिएकी हुन् । आइतबार साँझ रुँदै चिच्चाउँदै गरेपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले किशोरीको उद्धार गरेको थियो ।
बाँकेको खजूरा गाउँपालिका –२, गौघाटबाट ति किशोरी काकीसँग खजूरा गाउँपालिका– ५, उढरापुर फर्कँदै थिइन् । बीच बाटोमा साइकलमा आउँदै गरेका व्यक्तिले काकीको अनुरोधमा बालिकालाई घर पुर्याइदिने भन्दै साइकलमा बसाएर ल्याए ।
तर उढापुरका ६५ वर्षीय साकिर अली दर्जीले सिधा बाटोबाट घर पुर्याउनुको साटो बर्दियासँग सीमा जोडिएको मानखोलाको जङ्गली बाटोतर्फ लगेका थिए । त्यसै क्रममा किशोरी रुँदै कराउँदै गरेपछि नजिकैका स्थानीयले उनको आवाज सुनेर खबर गरेपछि तत्काल प्रहरी टोली परिचालन भएर उनको उद्धार गरिएको हो ।
घटनास्थलबाटै पक्राउ गरिएका दर्जीलाई बाल यौन दुराचार मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक मख्खनप्रसाद यादवले जानकारी दिए ।





























प्रतिक्रिया