काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका समकक्षी जस्टिन ट्रुडोबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीच भेटवार्ता भएको हो ।
वार्तामा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग प्रशस्त भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरको भेटवार्ता भएकोमा खुशी व्यक्त गरेका छन् । त्यस्तै क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्विट गर्दै नेपालसँग लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि, समावेशी र समानताका विषयमा कुराकानी भएको जनाएका छन् ।





























प्रतिक्रिया