नवलपरासी । बिहे गर्न नमानेपछि एक महिलामाथि एसिड र छुरा प्रहार गरिएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका हुन् ।
स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारमाथि विवाह गर्न नमानेको भन्दै एसिड र छुरा प्रहार गरेका हुन् । विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
एसिड र छुरा प्रहारबाट बसन्ती गम्भीर घाइते भएकी छन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ । उनीहरु दुवैजना विवाहित हुन् । एसिड प्रहार गर्ने विमल प्रहरी नियन्त्रणमा रहेका छन् । उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया