काठमाडौँ

खुद्रा दररेट कायम नहुँदा व्यापारीले मनपरी मूल्यमा चिनीमा ग्राहक ठग्दै आएका छन् । "/>

चिनीमा मनपरी मुल्य : सरकारको अनुगमन फितलो

चिनीमा मनपरी मुल्य : सरकारको अनुगमन फितलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

खुद्रा दररेट कायम नहुँदा व्यापारीले मनपरी मूल्यमा चिनीमा ग्राहक ठग्दै आएका छन् । किसानले ५२ रुपैयाँ पाउने चिनी ग्राहकको घर भित्र पुग्दा ७५ देखि ८० रुपैयाँ प्रतिकेजी पर्ने गरेको छ । जसमा व्यापारी ५३ देखि ५५ प्रतिशत प्रतिकेजी नाफा राख्छन् ।

सरकारले उखु किसानलाई एक क्विन्टल उखुको मूल्य ४७१ रुपैयाँ १८ पैसा तोकेको छ । एक क्विन्टल उखुबराबर ९ केजी चिनी उत्पादन हुने गरेको छ । किसानबाट लिएको चिनी कारखाना देखि उपभोक्ताको घरसम्म पुग्दा अत्याधिक महँगो पाइएको हो । व्यापारीले कतिपय समयमा बाहना गरी चिनीको मूल्य प्रतिकेजी ९० रुपैयाँसम्म पु¥याउने गरेका छन् ।

यस्तै टुकुचा तरकारी बजारअघि आठ खुद्रा पसल सञ्चालन गर्दै आएका विश्वास अर्याल प्रतिकेजी चिनी ७० मा बिक्री गर्ने बताउँछन् । उनले भने, ‘चिनीको सरकारी मूल्य छैन, हामी केही नाफा राखेर बिक्री गर्छौं ।’ उनले कालिमाटीबाट चिनी ल्याउँदा नै फरक–फरक मूल्य हुने गरेको बताए । उनी भन्छन्, ‘सरकारी मूल्य भए पो आधार हुन्छ, मूल्य नै छैन जसले जतिमा बेचे पनि हुन्छ ।’ थोक बिक्रेता कहाँ जहाँ सस्तो पायो खुद्रा व्यापारीले त्यहीँबाट उठाउने गरेको उनले बताए । उनले प्रतिकेजी ६७ रुपैयाँमा खरिद गरेको बताए ।

त्यहीँका अर्का व्यापारी सोही चिनी प्रतिकेजी ७५ रुपैयाँमा बिक्री गरेका थिए । उनी भन्छन्, ‘सबै सामानको मूल्य बढेको छ अनि के गर्ने ? पसल भाडा तिर्नै प¥यो, भाडा महँगो छ, त्यसकारण पनि सामानको मूल्य बढ्छ ।’
राजधानीबाट

Logo