बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

केन्द्रबिन्दु
15
Shares

बारा । बाराका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहले सो जानकारी दिएका हुन्। किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिक्विन्टल रु तीन हजारको दरले बिक्री वितरण भएको थियो । उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताए।

गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए।

Logo