टेक्सासको बाढीमा परेर ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ अझै बेपत्ता

टेक्सासको बाढीमा परेर ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ अझै बेपत्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझै पनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरु पनि हाल सम्म बेपत्ता छन,’ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।

टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

राष्ट्रिय मौसम सेवा विभागका अनुसार, विगत एक दशकमा संयुक्त राज्य अमेरिकामा बाढीले प्रतिवर्ष औसत ११३ जनाको ज्यान लिने गरेको छ ।

Logo