‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रम शुक्रबार हुँदै

‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रम शुक्रबार हुँदै

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । केन्द्रबिन्दु मिडिया प्रालिकाे आयोजनामा ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रम हुने भएकाे छ।

यो अवार्ड समारोह शुक्रबार शिक्षामन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा ललितपुरस्थित द प्लाजामा हुनेछ । यस कार्यक्रममा देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्थाहरूलाई सम्मान गरिनेछ । शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका कलेज तथा विद्यालयहरूलाई यस अवार्डले चिनाउने लक्ष्य लिएको छ।

केन्द्रबिन्दु मिडिया प्रालिका अनुसार, उत्कृष्ट शैक्षिक संस्थाहरूलाई उनीहरूको शैक्षिक गुणस्तर, पूर्वाधार, विद्यार्थीको नतिजा, र सामाजिक उत्तरदायित्वका आधारमा छनोट गरिएको छ।

साथै नेपालको शिक्षा क्षेत्र विकासमा निरन्तर खटिरहेका र महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ। उनीहरूको अथक प्रयास र समर्पणलाई कदर गर्दै यो अवार्ड प्रदान गरिनेछ। यसले शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूलाई थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

केन्द्रबिन्दु मिडिया प्रालिले विगतका वर्षहरूमा पनि यस्ता सम्मानजनक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ ।

Logo