ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा रहेको गोल्मादेवी माध्यमिक विद्यालय कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित भएको छ।
केन्द्रबिन्दु डटकमले शुक्रबार होटल प्लाजामा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच यस विद्यालयले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको उपलब्धि वृद्धि, भौतिक पूर्वाधार विकास र प्रशासनिक पारदर्शितामा देखाएको उल्लेखनीय प्रगतिलाई कदर गर्दै सम्मान प्रदान गरिएको हो।
सामुदायिक विद्यालयप्रति नकारात्मक धारणा परिवर्तन गर्न सफल गोल्मादेवी माविले शिक्षण सिकाइमा नयाँ आयाम थपेको छ। विशेषगरी विद्यार्थीको पठनपाठनमा सुधार, प्रविधिको प्रयोग, अभिभावकको सक्रिय सहभागिता र समुदायको सहयोगले विद्यालयलाई यो स्थानमा पु¥याउन मद्दत पुगेको छ। यस वर्षको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको छ ।





























प्रतिक्रिया