काठमाडौं । पोखरामा रहेको अमरसिंह माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा अमरसिंह मावि सम्मानित भएको हो ।
लामो इतिहास र वि.सं २०८१ सालको एसईईमा पस्किएको नतिजाको कदर गर्दै उक्त विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मान गरिएको हो । देशकै सबैभन्दा रुचाइएको शिक्षण संस्थामध्ये एक अग्रणी नाम हो, अमरसिंह मावि । यो संस्था माध्यमिक र उच्च माध्यमिक तहका लागि एक प्रमुख शैक्षिक केन्द्रका रूपमा स्थापित छ ।
शैक्षिक उत्कृष्टताको यो यात्रामा विद्यालयले योग्य शिक्षकहरू, सशक्त व्यवस्थापन, अत्याधुनिक पूर्वाधार र मेहेनती विद्यार्थीहरूको सहयोगमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । विद्यालय अझ धेरै सुधारको लक्ष्य राखेर अघि बढ्न प्रतिबद्ध छ ।
वि.सं २०६१ मा विद्यालय ूपश्चिमाञ्चल क्षेत्रको मोडेल माध्यमिक विद्यालय घोषित भयो । वि.सं २०६२, २०६४ र २०६५ मा पश्चिमाञ्चलकै उत्कृष्ट सामुदायिक उच्च माध्यमिक विद्यालय को उपाधि प्राप्त गर्याे । वि.सं २०६३ मा विद्यालयलाई नेपालकै उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयको गौरवपूर्ण सम्मान प्रदान गरिएको थियो ।





























प्रतिक्रिया