नेपालमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न नीतिगत समस्या छ -अध्यक्ष खेमराज लकाई

नेपालमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न नीतिगत समस्या छ -अध्यक्ष खेमराज लकाई

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाईले नेपालमा विदेशी विद्यार्थीहरूका लागि स्पष्ट र प्रोत्साहनमूलक नीतिको अभाव रहेकाे बताएका छन् ।

शुक्रबार आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा बोल्दै उनले नीतिको अभावकाे उनीहरू हतोत्साहित भइरहेको बताएका हुन् ।

अध्यक्ष लकाईले ३०-४० वर्षअगाडिको कर्मकाण्डी शिक्षा नीतिले अहिले पनि समस्या सिर्जना गरिरहेको र यसको समाधानमा कसैले पनि चासो नदेखाएकोमा दुःख व्यक्त गरे । उनले हाल नेपालमा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि अध्ययन अवधिभर निःशुल्क भिसाको व्यवस्था गरिएको सकारात्मक कदम भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

“गेट कलेजमा २४ वटा देशका विद्यार्थीहरू अध्ययन गरिरहेका छन्,” लकाईले भने, “यस देशमा कुनै पनि कमी छैन। समस्या गुणस्तरीय शिक्षामा छैन, चुनौतीहरू रहेका छन् तर असम्भव केही छैन।”

उनले नेपालको मुख्य समस्या नीतिगत रहेको औँल्याए । नीति निर्माणकर्ताहरूले विश्वको शिक्षा क्षेत्रको नीति कस्तो छ, विश्वका अन्य देशहरूले विदेशी विद्यार्थीको भिसा, पढाइने कोर्स र विद्यार्थीलाई आकर्षित गर्न कस्ता नीति अपनाएका छन् भन्ने विषयमा गहन अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । यसले मात्र नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने उनको भनाइ थियो।

Logo